राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न दलहरुलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग पुर्याउन सबै राजनीतिक दलसँग आग्रह गरेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि