संघीय समाजवादी फोरमले बुझाएको समानुपातिक सांसदको अन्तिम सूचीमा परेका यी हुन् ६ भाग्यमानी



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरमले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातितर्फको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ। आइतबार राति सम्पन्न पार्टीको पदाधिकारी सहितको बैठकले समानुपातिक ६ जनाको नाममा निर्णय गरेको थियो।

प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ फोरमले ६ सिट पाएको थियो। आयोगमा बुझाइएको सूची अनुसार मधेशी महिलातर्फ रेणु यादव, खस महिलामा सरिता गिरी, मुस्लिम महिलामा रोही नाज, जनजाति पुरुषमा राजेन्द्र श्रेष्ठ, जनजाति महिलामा रेनुका गुरुङ र दलितमा कलुदेवी विश्वकर्माको नाम सिफारिस गरिएको छ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन महिनाभित्रमा नेपाल आउने भएका छन् । स्रोतका अनुसार नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल आउने तयारीमा छन् ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएलगत्तै मोदी नेपाल आउने तय भएको थियो ।
अरुण तेस्रो जलविद्युत आयोजना शिलान्यासका लागि मोदी नेपाल आउने निश्चित भए पनि समय तोकिएको थिएन । त्यसैका लागि यही फागुनमा आउन लागेका हुन् ।

नेपाल आएका बेला मुक्तिनाथ, लुम्बिनी र जनकपुरको पनि भ्रमण गर्ने बताइएको छ ।
मोदीको नेपाल भ्रमणका लागि कार्यक्रम र योजना बनाउन नेपाल र भारत दुवै पक्षले सुरु गरिसकेको बताइएको छ ।

विगतमा ओली र भारतबिचको सम्बन्ध चिसिएको चर्चा भए पनि त्यसलाई चिर्नका लागि मोदी र ओली अहिले सक्रिय भएका हुन् ।
नेपालसँगको सम्बन्ध सुधार र आर्थिक विकासका लागि मोदी चिन्तित भएको कतिपयको टर्क छ ।

केही दिन अघि नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गर्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल भ्रमणमा आउने बताएका थिए ।

स्वराजको नेपाल भ्रमणअघि नै एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको टेलिफोन वार्तामा दुवै पक्षले एक–अर्कालाई भ्रमणको निम्तो दिएकोले सोही अनुसार मोदी नेपाल आउने ज्ञवालीको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...