संघीय समाजवादी फोरमले बुझाएको समानुपातिक सांसदको अन्तिम सूचीमा परेका यी हुन् ६ भाग्यमानी



संघीय समाजवादी फोरमले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातितर्फको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ। आइतबार राति सम्पन्न पार्टीको पदाधिकारी सहितको बैठकले समानुपातिक ६ जनाको नाममा निर्णय गरेको थियो।

प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ फोरमले ६ सिट पाएको थियो। आयोगमा बुझाइएको सूची अनुसार मधेशी महिलातर्फ रेणु यादव, खस महिलामा सरिता गिरी, मुस्लिम महिलामा रोही नाज, जनजाति पुरुषमा राजेन्द्र श्रेष्ठ, जनजाति महिलामा रेनुका गुरुङ र दलितमा कलुदेवी विश्वकर्माको नाम सिफारिस गरिएको छ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन महिनाभित्रमा नेपाल आउने भएका छन् । स्रोतका अनुसार नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल आउने तयारीमा छन् ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएलगत्तै मोदी नेपाल आउने तय भएको थियो ।
अरुण तेस्रो जलविद्युत आयोजना शिलान्यासका लागि मोदी नेपाल आउने निश्चित भए पनि समय तोकिएको थिएन । त्यसैका लागि यही फागुनमा आउन लागेका हुन् ।

नेपाल आएका बेला मुक्तिनाथ, लुम्बिनी र जनकपुरको पनि भ्रमण गर्ने बताइएको छ ।
मोदीको नेपाल भ्रमणका लागि कार्यक्रम र योजना बनाउन नेपाल र भारत दुवै पक्षले सुरु गरिसकेको बताइएको छ ।

विगतमा ओली र भारतबिचको सम्बन्ध चिसिएको चर्चा भए पनि त्यसलाई चिर्नका लागि मोदी र ओली अहिले सक्रिय भएका हुन् ।
नेपालसँगको सम्बन्ध सुधार र आर्थिक विकासका लागि मोदी चिन्तित भएको कतिपयको टर्क छ ।

केही दिन अघि नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गर्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल भ्रमणमा आउने बताएका थिए ।

स्वराजको नेपाल भ्रमणअघि नै एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको टेलिफोन वार्तामा दुवै पक्षले एक–अर्कालाई भ्रमणको निम्तो दिएकोले सोही अनुसार मोदी नेपाल आउने ज्ञवालीको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा