एमालेले ४१ सांसदको नाम निर्वाचन आयोगमा बुझायो,यसरी पारे नेपाल गुटलाई सोत्तर



हाम्रो इकोनोमि

नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक उम्मेदवार निर्वाचन आयोगसमक्ष पेश गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको स्थायी कमिटीको बैठकले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम टुंगो लगाई पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूहसमेत मिलाई आयोगमा पेश गरेको हो ।

यी हुन सांसद
१. मुकुन्द न्यौपाने (खसआर्य/पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)
४. मोतीलाल दुगड (मधेसी/पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति/महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)
११. नबिना लामा (आदिवासी जनजाति/महिला)
१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति/महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)
१५. राधा कुमारी ज्ञवाली (खसआर्य/महिला)
१६. बिन्दा पाण्डे (खसआर्य/महिला)
१७. गोमा देवकोटा (खसआर्य/महिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्य/महिला)
१९. निरुदेवी पाल (खसआर्य/महिला)
२०. मनकुमारी जिसी (खसआर्य/महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य/महिला)
२२. विष्णु शर्मा (खसआर्य/महिला)
२३. सरिता न्यौपाने (खसआर्य/महिला)
२४. मैना कुमारी भण्डारी (खसआर्य/महिला)
२५. तीर्था गौतम (खसआर्य/महिला)
२६. शान्ता चौधरी (थारु÷महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला)
२९. निरादेवी जैरु (दलित/महिला)
३०. बिमला विश्वकर्मा (दलित/महिला)
३१. बिमला विक (दलित/महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित/महिला)
३३. सानु शिवा (दलित/महिला)
३४. आशाकुमारी विक (दलित/महिला)
३५. जुलीकुमारी महतो (मधेसी/महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)
३७. सरलाकुमारी यादव (मधेसी/महिला)
३८. रेखाकुमारी झा (मधेसी/महिला)
३९. सरिताकुमारी गिरी (मधेसी/महिला)
४०. कालिला खान (मुस्लिम/महिला)
४१. समिना हुसेन (मुस्लिम/महिला)

उता निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।
आयोगका पदाधिकारीहरुले आइतबार बिहान ११ बजे राष्ट्रपति भवन सितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई परिणाम बुझाएका हुन् ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको हो ।
बुधबार ५६ सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिएको थियो ।

सोही विवरण आयोगले ७ दिन भित्र राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रियसभा निर्वाचनमा एमाले २७ सिटमा विजयी भएर पहिलो दल बन्न सफल भएको थियो । त्यसैगरी नेपाली कांग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी, नेपाल २ र संघीय समाजवादी फोरम, नेपाल २ स्थानमा विजयी भएका छन् ।

५९ सदस्यीय राष्ट्रियसभालाई पूर्णता दिन राष्ट्रपतिले सरकारको सिफारिसमा ३ सदस्य मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगले ढिलोमा फागुन ५ गतेभित्र प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम पनि राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरेको छ । सबै परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...