अष्टलक्ष्मीलाई सिध्याउन राष्ट्रपतिले ओलीको कान फुकेको यस्तो तथ्य बाहिरियो,माधब गुटले राष्ट्रपति बिरुद्द फायर खोल्यो



हाम्रो इकोनोमि

प्रदेश नम्बर ३ को एमाले संसदीय दलको निर्वाचनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भुमिका खेलेको तथ्य बाहिरिएपछि नेकपा एमालेमा उनी विवादमा तानिएकी छन्।

माधव नेपाल समूह उनसँग रुष्ट बनेको छ। संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले राष्ट्रपति भण्डारीले आफू निकट डोरमणि पौडेललाई जिताउन भुमिका खेलेर मुख्यमन्त्रीको बाटो खोलिदिइन भने अर्काेतर्फ पहिलो महिला मुख्यमन्त्रीमा चर्चा गरिएकी शाक्यलाई अघि बढ्न रोकिन। राष्ट्रपति बन्नुअघि भण्डारी र अष्टलक्ष्मी शाक्य एक अर्काका प्रतिष्पर्धी थिए । किनकी दुबै उपाध्यक्ष थिए। आफू राष्ट्रपति बनिसकेपछि पनि भण्डारीले शाक्यलाई बदलास्वरुप प्रदेश प्रमुख हुन दिइनन् । प्रदेश ३ चुनावमा राष्ट्रपतिको विशेष पहलमा सबै ३४ जना सांसदलाई बेलुका अबेरसम्म होटलमा राखेर केपी ओलीले प्रशिक्षण दिएका थिए ।

ओली आफैंले शाक्यलाई बोलाएर चुनावी स्थिति कस्तो छ भनी बुझेका थिए । शाक्यले अध्यक्षको भूमिका तटस्थ भएमा चुनाव जित्ने आशय व्यक्त गरेकी थिइन् । ओली र शाक्यबीच भेट भएको थाहा पाए लगत्तै ओली खेमाले शीतलनिवासलाई गुहारेका थिए । शीतलनिवासमा भण्डारीले शाक्यलाई कुनै पनि हालतमा मुख्यमन्त्री मान्न नसकिने भनेर ओलीलाई उठबस् गर्न नदिएपछि बाध्य भएर ओली आफैंले भेला बोलाएका थिए । जसको सबै संयोजन भित्री रुपमा शीतलनिवासले मिलाएको थियो ।

प्रदेश नम्बर ३ को चुनावमा विध्यादेवी भण्डारी आफैं लागेर अष्टलक्ष्मी शाक्यलाई हराएपछि उनलाई पनि ओलीको किचेन क्याविनेटकै रुपमा अथ्र्याइएको छ । प्रदेश ३ को चुनावमा आफू पक्षधर डोरमणि पौडेललाई जिताउन उनले राष्ट्रपति कार्यालयको श्रोत समेत उपयोग गरेको माधव नेपाल समूहको आरोप छ । माधव नेपाल समूह आफूले अघि सारेको उम्मेदवार पराजित भएपछि आफू निकटका सांसद्हरुको विशेष भेला गरेको थियो । भेलामा शाक्यलाई हराउन राष्ट्रपति भण्डारी समेतको संलग्नताबारे समेत छलफल भएको छ ।

एक नेताले भने “एमालेभित्र फरक मत राख्नेलाई त खेदो खन्ने ओली समूहले माओवादी मिसिएपछि उनीहरुलाई कस्तो व्यवहार गर्ने हुन् ।” ओली र वर्तमान राष्ट्रपति भण्डारी माओवादीका कट्टर आलोचक हुन् । माधव नेपाल समूहको भेलाका सहभागीहरुले शाक्यलाई हराउन बाहिरी सतहमा पार्टी अध्यक्ष केपी ओली देखिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...