जाँदा जाँदै देउवाले नवराज सिलवाललाई यसरी बनाउने भए अपराधी,मुद्दा दायर गर्दै जेलमा जाक्ने तयारी



हाम्रो इकोनोमि

एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवालमाथिको अनुसन्धान पूरा भएको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा उनले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी विवरण कीर्ते गरेको पुष्टि भएको छ।

उनले बुझाएको कासमू कीर्ते भएको पुष्टि भएसँगै उनलाई मुद्दा दायरको तयारी सुरु भएको छ। यही हप्ताभित्र सिलवालविरुद्ध मुद्दा दायर गरिने महानगरीय प्रहरी परिसरका एक अधिकारीले बताए।

सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको प्रयोगशालाको रिपोर्टबाट समेत प्रस्ट भएको छ। त्यस्तै लोकसेवा आयोग, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा भएको कासमुसम्बन्धी फाइल समेत झिकाएर परिसरले अनुसन्धान गरेको थियो। सो क्रममा सिलवालले अदालतमा पेश गरेको कासमू र अन्य निकायमा भएको कासमू फरक परेपछि सिलवालले नै कीर्ते गरेको पुष्टि भएको निष्कर्ष प्रहरीले निकालेको हो।

सर्वोच्च अदालतले सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको भन्दै दोषीलाई छानबिन गरी कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा सिलवालमाथि छानबिन सुरु भएको हो। छानबिन सुरु भएलगत्तै उनी फरार भएका थिए। फरार प्रतिवादी बनाएर उनीविरुद्ध मुद्दा दायर गर्ने प्रहरीको तयारी छ। सरकारी कागजपत्र कीर्तेसम्बन्धी मुद्दामा एक वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान भएको नेपाल लाइभले उल्लेख गरेको छ । सिलवाललाई मात्र प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको प्रहरी स्रोत बताउँछ।

कार्यसम्पादन मूल्यांकनमा आफ्नो नम्बर सबैभन्दा धेरै देखाउन सिलवालले नक्कली कागजपत्र पेश गरेको आरोप लाग्दै आएको छ। सिलवालले भने अनलाइन मिडियामा आएको विवरण आफूले अदालतमा पेश गरेको बताउँदै आएका छन्।

आइजिपी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत भदौमा फैसला गरेको थियो। मुद्दा हारेपछि सिलवाल राजीनामा दिएर एमाले प्रवेश गरेका थिए। मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी ललितपुर १ बाट निर्वाचित भएका हुन्।

नयाँ एसएसपी र डिएसपी हाजिर
सिलवालकै मुद्दाको अनुसन्धानमा चलखेल गर्न लागेको आरोपमा प्रहरी प्रधान कार्यालयले आइतबार काठमाडौं परिसरका एसएसपी र डिएसपीलाई हटाएको थियो। एसएसपी रविन्द्र धानुक र डिएसपी बेल पाण्डेलाई हटाइएको हो।

काठमाडौं परिसरमा सोमबारदेखि नै एसएसपी विश्वराज पोखरेल र डिएसपी मोहन थापा हाजिर भएका छन्। जनसेवा वृत्तमा कार्यरत थापालाई परिसरको मुद्दा शाखामा सरुवा गरिएको हो।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...