ओली र प्रचण्डको गोप्य फाइनल वार्ता ललितपुरका ब्यापारीको घरमा यसरी भयो शुरु



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता सुरु भएको छ।

ललितपुरको मानवभवनस्थित शारदा अधिकारीको घरमा उनीहरुबीच गोप्य वार्ता सुरु भएको हो।

सरकार गठनअघि पार्टी एकताको विषय टुंगो लगाउन दुई नेता छलफल हुने स्रोतले बतायो। प्रचण्डले पार्टी एकतासम्बन्धी विषय छिटो टुंगो लगाउन एमालेलाई दबाब दिँदै आएका छन्।

स्रोतका अनुसार अघिल्लो बैठकमा प्रचण्डले आफूलाई पार्टी अध्यक्ष नदिए पार्टी एकता नगर्न आफूलाई दबाब आएको बताएका थिए। सोही कुरा एमाले अध्यक्ष केपी ओलीले आइतबारको स्थायी कमिटी बैठकमा समेत सुनाएका थिए। तर, प्रचण्डलाई अध्यक्ष नदिन ओलीलाई पनि पार्टी नेताहरुले दबाब दिँदै आएका छन्। जसकारण एकताको प्रक्रियामा विलम्ब भइरहेको छ।

उता प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख अनुराधा कोइरालाले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा सपथ ग्रहण गराएकी हुन्।

संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने पौडेल पहिलो व्यक्ति हुन्। अन्य प्रदेशमा पनि मुख्यमन्त्री नियुक्ति प्रक्रियामा छ। पौडेल नेकपा एमाले संसदीय दलका नेता पनि हुन्।

मुख्यमन्त्री पौडेलले हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ।

पौडेल २०४९ र २०५४ सालको स्थानीय निकाय निर्वाचनमा हेटौंडा नगरपालिकाको मेयर थिए। उनीसँग नेपाल नगरपालिका संघमा १५ वर्ष अध्यक्ष भएर काम गरेको अनुभव पनि छ। संविधान जारी भएपछि गठित स्थानीय तह पुनर्संरचना आयोगमा उनी सदस्य थिए।

त्यस्तै माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ। यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ।

माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपनेतामा प्यूठानका कृष्णध्वज खड्का, दलको प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए।

यसअघि सभामुखमा गुल्मीका सुदर्शन बराल र घर्तीको नाम चर्चामा आए पनि दलले घर्तीलाई सभामुखमा पठाउने निर्णय गरेको हो। माओवादीले केन्द्रको यसअघि आइतबार बिहान बसेको संसदीय दलको बैठकले रोल्पाका कुलप्रसाद केसीलाई संसदीय दलको नेता चयन गरिसकेको थियो।
यस्तै संसदीय बोर्डको सचिवमा पाल्पाका वसन्त घर्तीलाई छनोट गरेको समेत नेता केसीले जानकारी दिए। प्रदेश नं ५ मा सरकार निर्माणको प्रक्रिया अघि बढाउन आइबार नेकपा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले बहुमत प्रदेश सदस्यको समर्थनसहित प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्। यो प्रदेशमा दुवै दलले नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई मुख्य मन्त्रीका रुपमा अगाडि सारेका छन्।

पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल निर्माण हुने भएकाले माओवादी केन्द्रको संसदीय दलले मन्त्रिमण्डलमा पठाउने व्यक्ति छनोट गर्ने नेता केसीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...