अविरल वर्षासँगै आएको बाढी–पहिरोमा परी देशभरिबाट कम्तीमा १२ को मृत्यु भएको छ । सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ भने पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ । तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् । तराईका झापादेखि
सुनसरीको कोशी कटानमा भारतीय सवारी साधन दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन्