जापानमा वर्षाका कारण कम्तीमा ५० जनाको मृत्यु, दर्जनौँ वेपत्ता



हाम्रो इकोनोमि

 

जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण दर्जनौ व्यक्ति हराइरहेका छन् ।

जापानी अधिकारीहरूले बर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्तीमा १९ लाख व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सर्न निर्देशन दिएको बताएका छन् ।

दशौँलाख मानिसलाई सजग रहन भनिएको छ । विपद्पछि खोज तथा उद्धार कार्यमा हजारौँ प्रहरी, अग्नि नियन्त्रक तथा सैनिकहरू खटिएका छन् ।

जापानको क्योडो समाचार संस्थाका अनुसार कैयौँ पीडितहरूको पहिरोमा पुरिएर ज्यान गएको छ ।

जापानको राजधानी टाकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा शुक्रवार र शनिवार गरी ५८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विज्ञान निकायले जनाएको छ । उक्त संस्थाले आउने दिनमा थप वर्षा हुने जनाएको छ ।

हिरोशिमादेखि ३०० किलोमिटर पूर्वमा पर्ने क्योटोमा पनि भारी वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...