बाढीले भत्कायो पूर्व–पश्चिम राजमार्गको महुली पुल, यातायात एकतर्फी सञ्चालन



हाम्रो इकोनोमि

पूर्व–पश्चिम सडकअन्तर्गत पर्ने सप्तरीको महुली पुलको पश्चिमी भागको सडक भास्सिको चौथो दिन भत्किएको छ। अग्निसाइर कृष्णाशवरण गाउँपालिका–५ स्थित महुली पुलको करिब ५० मिटर खण्ड शनिबार साँझ भत्किएको हो।

 

पछिल्लो साता परेको लगातारको वर्षासँगै महुली खोलामा आएको बाढीले पुलको पश्चिममा चिरा परेको थियो। जमिनको सतह र पुलबाट करिब दुई फिटमुनिबाट बग्ने पानीले कटान गरेपछि चिरा परेको पुलको ५० मिटर खण्ड भत्किएको वडाअध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए।

 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका  अनुसार पुलको पश्चिम–उत्तरमा भत्किएको भए पनि एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ।

 

पुलको बीच भागको सडक उत्तरतर्फ भत्किए पनि लहानस्थित सडक डिभिजन कार्यालयसँग समन्वय गरी तत्काल गर्न सकिने मर्मत गरिँदैछ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...