दिउँसै अज्ञात समूहले गोली प्रहार गरी चालकसहित मोटरसाइकल लुटे



हाम्रो इकोनोमि

 

अज्ञात समूहले रौतहटमा गोली प्रहार गरी मोटरसाइकलसहित १ व्यक्तिलाई लुटेका छन् ।

बारा सुर्वण गाँउपालिका–८ का किशोर साह कानु जिल्लाको देवाही गोनाही नगरपालिका–४, बकैया खोला किनारमा शनिबार राति ८ः३० बजे लुटिएका हुन् ।

लुटेराले गोली प्रहार गरे पनि साह त्यसबाट जोगिएका छन् । कुटपिटबाट टाउकोमा चोट लागेका उनको गरुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साहले तीन जनाको संख्यामा रहेका लुटेराहरुले गोली प्रहार गरेर आफूले चढेको मोटरसाइकलसहित पैसा र मोबाइल लुटेर भागेको बताए ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक मनोज यादवले देवाही गोनाहीको प्रेमपुर गोनाहीमा रहेको ससुराली आउदै गरेका साह मोटरसाइकल, रकम र मोबाइलसहित गए राति ८ः३० बजे बकैयाको बाँधमा लुटिएको बताए ।

प्रहरीले लुटिएको मोटरसाइकल घटनास्थलभन्दा ३ किलोमिटर पूर्व देवाही गोनाही ८ को एक पोखरी नजिक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटले लुटेरा समूहको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...