सुरु भयो वर्षाको खतरा घण्टी, कहाँ कहाँ पर्छ ठुलो पानी, सर्तक रहन सुझाव



हाम्रो इकोनोमि

 मौसम पूर्वानुमान महाशाखाले वर्षाको खतराको घण्टी बजाएको छ । महाशााखाले आइतबार, सोमबार र मंगलबार देशैभर बदली रही हल्का, मध्यम वा भारीसम्मको वर्षाको सम्भावना औंल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

महाशाखाले पहाडी क्षेत्रको पहिरोग्रस्त क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशभरिनै सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ ।

साँझ पनि देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ, भने देशको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

असार २५ गते सोमबार दिउँसो देशभरिनै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ, भने पूर्वी तथा मध्ये क्षेत्रको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोही दिन साँझ पनि देशभरिनै बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने तथा देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...