विश्वकप २०१८, को को पुगे सेमिफाइनलमा, यस्तो छ खेल तालीका, भव्य सपनामा बाँकी रहेका चार देश



हाम्रो इकोनोमि

सपना भव्य हो, त्यसैले त अभियान पनि भव्य छ । चासो भव्य छ अनि प्रशंसा, आलोचना, उत्साह, निराशा सबै भव्य छन्–विश्वकप फुटबल ।

रुसमा जारी विश्वकप फुटबलमा तीन हप्ताअघि गोल्डेन ट्रफीको सपना बुनेर यात्रा सुरु गरेको ३२ देश मध्ये अब सीमित देश मात्रै बाँकी रहेका छन् । अर्थात अब विश्वकपको सपना यो पटकका लागि मात्रै चार टिमको बाँकी हरेको छ ।

शनिबार राति भएका क्वाटरफाइनलका खेलपछि सेमिफाइनल समिकरण पूरा भएको छ । यसपटकको विश्वकपको उपाधि उचाल्ने सपना अझै बाँकी राख्न सफल चार टिम हुन्, बेल्जियम, फ्रान्स, इंग्ल्याण्ड र क्रोएसिया ।

यसपटक कुनै पनि दक्षिण अमेरिकी देश अन्तिम चारमा आएका छैनन् । सेमिफाइनलमा स्थान बनाएका चारै देश युरोपका हुन् । यसको अर्थ यसपटकको विश्वकप युरोपमा जाने पक्का छ ।

सपनाको यात्रामा बाँकी रहेका मध्ये अझै तीन देशलाई पाखा लगाउँदै एकदेश विश्व विजेता बन्नेछ ।

क्वाटरफाइनलका खेलमा फ्रान्सले दक्षिण अमेरिकी देश उरुग्वेलाई २–० ले हराएर अन्तिम चारमा स्थान पक्का गर्‍यो ।

त्यहि रात ब्राजिलको सपना पनि अर्को युरोपेली देशबाट टुट्यो । बेल्जियमले विश्वकपमा सबैभन्दा सफल टिम ब्राजिललाई २–१ ले हराउँदै विश्वकपको अन्तिम चारमा स्थान पक्का गरेको हो ।

यस्तै शनिबार भएका खेलमा स्वीडेनको चुनौती २–० ले पन्छाउँदै ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्याण्डले सेमिफाइनल यात्रा तय गरेको छ ।

यसैगरी रोमाञ्चक रुपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको आयोजक रुसको यात्रा टुंग्यायो क्रोएसियाले । २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । त्यसमा क्रोएसिया ४–३ ले विजयी भयो र सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो ।

अब आउँदो मंगलबारदेखि सेमिफाइनलका खेल हुनेछन् । चार देशले फाइनलमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्नेछन् ।

फ्रान्स भर्सेस बेल्जियम (जुलाई १० अर्थात असार २६ गते, राति पौने ११ बजे)

क्रोएसिया भर्सेस इंग्ल्याण्ड (जुलाई ११ अर्थात असार २७ गते, राति पौने ११ बजे)

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...