पुनर्निर्माण प्राधिकरणका सीईओ भुसाल पदमुक्त, यसरी भयो यिनको जागीर चट्



हाम्रो इकोनोमि

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युवराज भुसाललाई प्राधिकरणले आइतबार औपचारिक विदाई गर्ने भएको छ ।

आज दिउँसो १ बजे एक कार्यक्रम गरेर सिइओ भुसाललाई विदाइ गर्न लागेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए ।

निर्वाचन आचारसंहिता लागू भएपछिका नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै

सिईओ भुसाल पनि जिम्मेवारीमुक्त भएका थिए । यो निर्णयपछि सबैलाई असार २० गतेबाट लागू हुने गरी पत्र पठाइएको थियो ।

भुसाल गत वर्षको कार्तिक ६ गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।

तीन वर्षयता प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त भएका छन् । अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि भुसाल आइतबारबाट पदमुक्त भएका हुन् ।

 

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर पदमुक्त भएको जानकारी गराएको थियो । तर, भुसालले सो पत्र कार्यालय समय पछाडि आएकाले आफूले पढ्न नपाएको बताए ।

 

शुक्रबार कार्यालय समय छिटो सकिन्छ तर पाँच बजेर तीन मिनेट छँदा मलाई खबर आएको थियो, मैले अब आइतबार बुझौंला भनें ।’ आइतबार कार्यालय गएर पत्र बुझ्ने उनले बताए ।

 

नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए । कांग्रेस नेतृत्वको सरकारको पालामा पाँच महिना र कम्युनिष्ट नेतृत्वको सरकारको पालामा चार महिना काम गरेको बताउँदै उनले दुवै सरकारबाट आफू सन्तुष्ट भएको बताए ।

उनले भने, ‘पत्रमा कस्तो भाषा प्रयोग भएको छ त्यो त हेर्न बाँकी छ तर सरकारको नीतिगत निर्णयलाई सम्मान गर्छु ।’

 

प्राधिकरणको ऐनमा सीईओलाई जुनसुकै बेला सरकारले हटाउन सक्ने उल्लेख छ । तर, त्यसअघि स्पष्टीकरणको मौका दिनुपर्ने व्यवस्था ऐनमा छ ।

 

सीईओ भुसालले आफ्नो ९ महिने कार्यकाल सफल भएको दावीसमेत गरे ।

 

यसअघि परामर्श समिति र निर्देशक समितिको बैठकबारे छलफल गर्न बालुवाटार पुगेका बेला प्रधानमन्त्री ओलीले भेट नदिइ भुसाललाई फर्काइदिएका थिए ।

 

तीन वर्षको अवधिमा प्राधिकरणको नेतृत्व चार पटकसम्म फेरिइसकेको छ । अब पाँचौ सीईओ नियुक्तिको तयारीमा सरकार लागेको छ । आजै मन्त्रिपरिषद बैठक पनि बस्दै छ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा सुस्ता बचाउ अभियानको धर्ना

    सुस्ता बचाउ अभियानले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ । भारतीय...

पार्टी एकताको सम्भावना छैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको...

नागरिकता र लालपुर्जा माग्दै माइतीघरमा धर्ना बस्ने सुस्ताबासीको तयारी

    भारतीय सीमावर्ति क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग...

देशभर तीन दिनसम्म भारी वर्षाको सम्भावना

    देशभर मनसुनी गतिविधि बढ्न थालेको छ । जल तथा मौसम विज्ञान...