मन्त्री हेरफेरको तयारीः प्रधानमन्त्रीको ‘रेड जोन’मा परे यी ७ मन्त्री
सरकारको कार्य–क्षमताबारे सर्वत्र बहस भइरहेका बेला नेकपा अध्यक्षद्वयले मन्त्रीमण्डल हेरफेरका लागि गृहकार्य सुरु गरेका छन् । मन्त्रीमण्डलका सदस्यहरुको जिम्मेवारी हेरफेर हुने र केही नयाँ अनुहार पनि समावेश गर्ने सन्दर्भमा नेताहरुबीच भएको छलफलले दुई महिनाअघि नै चर्चा–परिचर्चा पायो ।