पर्यटनमन्त्री योगेश भट्टराईले सपथ लिए



हाम्रो इकोनोमि

 

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । चुनाव प्रचारमा जाँदा नै ओलीले भट्टराईलाई चुनाव जिताए मन्त्री बनाउने बताएका थिए । सुरुवाती मन्त्रिपरिषद् विस्तारहरुमा भट्टराई नपर्दा ओलीको आलोचनासमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...