पूरा भयो प्रधानमन्त्री ओलीको बाचा, भनेका थिए मन्त्रीको विल्ला भिराउने जिम्मा मेरो -भिडियो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारमा युवा नेता योगेश भट्टराईलाई नियुक्त गरी चुनावी सभामा बोलेको बाचा पूरा गर्नुभएको छ ।

 

गत निर्वाचनमा ताप्लेजुङमै पुगेर योगेशलाई मन्त्री बनाउने घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त गरी बोलेको कुराबाट कहिल्यै पछि नहटने आफ्नो ब्यवहार देखाउनु भएको हो । ‘तपाईहरु योगेश भट्टराईलाई भोट दिएर जिताएर पठाउनोस, म मन्त्री बनाएर पठाइ दिन्छु,’ चुनावी सभामा तात्कालिन एमालेका अध्यक्ष रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभएको थियो ।

 

उहाँको सो भनाईलाई पहिलो पटक मन्त्रीमण्डल गठन गर्दा नपरेपछि ओलीले बोलेको पूरा गरेनन भन्दै आलोचना गरिएको थियो । बोलेको कुराबाट कहिल्यै पछि नहटने ओलीले आज भट्टराईलाई मन्त्री नियुक्त गरी जे बोल्छु, त्यो पूरा गरेरै छाडछु भन्ने प्रष्ट जवाफ दिनुभएको छ । बिद्यार्थी राजनीतिबाट उदाएका नेकपाका स्थायी समिति सदस्य भट्टराई पछिल्लो समय ओली सरकारको प्रवक्ताकै जसरी भुमिका निर्वाह गर्नुभएको थियो ।

 

आफूले पाएको जिम्मेवारीलाई जतिसुकै कठोर र चुनौतीपुर्ण एवं जोखिमयुक्त भएपनि पूरा गरेरै छाडने शैली भएकै कारण प्रधानमन्त्री ओलीले भिजिट नेपाल २०२० सुरु हुन ५ महिना मात्रै बाँकी रहँदा पर्यटन मन्त्रीको चुनौतीपुर्ण जिम्मेवारी सुम्पनु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...