समाचार

देउवा र प्रचण्डमाथि कारवाही गर्न भीम रावलको माग

    नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारवाहीको माग गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयलाई पत्र लेखेकोबारे उनीहरुमाथि छानबिन गरेर कारवाही हुनुपर्ने नेता रावलको माग रहेको छ ।