कोहलपुर स्मार्ट न्यु सिटीले ल्यायो सरल किस्तामा आकर्षक घडेरी



हाम्रो इकोनोमि

 

 

सुन्दा अचम्म लाग्न सक्छ तर नेपालमा यस्तो ठाउँ छ– जहाँ टिकटक बनाउँदा भईन्छ भाईरल । हजुर, त्यस्तो ठाउँ हो– कोहलपुरको स्मार्ट न्यु सिटी । कोहलपुर स्मार्ट न्यु सिटी कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो । यो सिटी अहिले जतासुकै भाईरल भएको छ । युटुबमा स्मार्ट सिटीको हृश्य समावेश गरिएका थुप्रै भिडियोहरु देख्न सकिन्छ ।

यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो । चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छन् । २०७७ को अन्त्यतिर कालोपत्रे गरेपछि स्मार्ट सिटी एकाएक आकर्षक देखिएको र टिकटक बनाउनेको भिड बढेको स्थानीयबासीहरु बताउछन ।

यो मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो । यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे, बिजुली बत्ती, खानेपानी, नगर बसपार्क, अस्पताल साथै प्रयाप्त खुल्ला क्षेत्र रहेको छ । स्मार्ट सिटीबाट नेपालगञ्जका लागि नगर बस आवतजावत गर्ने गर्दछ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त, वास्तुशास्त्र अनुसार डिजाइन गरिएको यस परियोजना २० प्रतिशत मुल्य भुक्तान गरी वार्षिक करिब ११ प्रतिशत व्याजदरमा ६० किस्तामा भुक्तान गर्न सकिन्छ । आफ्नो इच्छा र आवश्यकता अनुसार ७ धुर वा सो भन्दा माथि जतिसुकै धुरको प्लट किन्न सकिने कोहलपुर डेभलपर्सले जनाएको छ ।जग्गा किन्न या सोधपुछको लागि निम्न नम्बरमा सम्पर्क गर्न सकिने कोहलपुर स्मार्ट न्यु सिटीका व्यवस्थापक सुरेश आचार्य बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...