प्रधानमन्त्री देउवा र प्रचण्डबीच भनाभन, गठबन्धनमा खटपट



हाम्रो इकोनोमि

 

 

सधै दोहोरो भुमिकामा रहेर जनतालाई अन्यौतामा राख्न खोज्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दोहोरो चरित्र उदांगो पारिदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग फोनमा चर्काचर्की कुरा गर्नुभएको छ । देउवाले आफू निकटका पत्रकार खगेन्द्र भण्डारी मार्फत दुबै नेताले एमसीसीमा पठाएको पत्र सार्वजनिक गरिदिएपछि प्रचण्ड आफ्नो दोहोरो चरित्र उदांगो पारिदिएको भन्दै देउवासँग झोक्किनुभएको हो ।

उहाँले एमसीसीका बारेमा पार्टीका नेता र नागरिकमा भ्रम छरेर बस्नुभएको थियो । एमसीसीलाई सम्झौता संसदबाट अनुमोदन गराउने भन्दै हस्ताक्षर नै गरेर पत्र लेखेका प्रचण्डले भने कार्यकर्ता र जनताको बीचमा एमसीसी पारित गर्ने सम्भावना नभएको बताउँदै आफ्नौ पार्टीका नेता कार्यकतालाई समेत भ्रममा राख्नुभएको थियो । एमसीसीमा आफूले गरेको प्रतिवद्धताको गोप्य पत्र चुहाएको भन्दै प्रधानमन्त्री देउवासँग सरकार छोड्नेसम्मको चेतावनी दिनुभएको हो ।

अति गोप्य भनिएको उक्त पत्र प्रधानमन्त्री कै योजनामा सावर्जनिक भएको थियो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा छलफल हुने भएको छ । स्थानीय तहको निर्वाचनको मिती र एमसीसीका बारेमा छलफल हुने स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाको आग्रहमा अध्यक्ष ओली बालुवाटार जान लाग्नु भएको हो । छलफल अपरान्ह ४ बजे हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...