प्रचण्डको भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रवाद : बाबुराम भट्टराई



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्षले भित्रभित्र ‘राष्ट्रघात’ र बाहिरबाहिर ‘राष्ट्रवाद’को नारा अलापेको बताएका छन् । जनयुद्धकालदेखिका माओवादीकै पूर्वसहकर्मी समेत रहेका डा. भट्टराईले माओवादीहरू ‘खाओवादी’ भइसकेको समेत टिप्पणी गरेका छन् ।

अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे प्रचण्डले देखाएको दोहोरो भूमिकाप्रति लक्षित गर्दै डा. भट्टराईले भनेका छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद !’

त्यस्तै उनले नेपाली राजनीतिमा जबसम्म यो पाखण्डी र दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दै नबन्ने ठोकुवा गर्दै उनले अगाडि लेखेका छन्, ‘नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन । एमसीसी जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !’

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...