प्रचण्डको भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रवाद : बाबुराम भट्टराई



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्षले भित्रभित्र ‘राष्ट्रघात’ र बाहिरबाहिर ‘राष्ट्रवाद’को नारा अलापेको बताएका छन् । जनयुद्धकालदेखिका माओवादीकै पूर्वसहकर्मी समेत रहेका डा. भट्टराईले माओवादीहरू ‘खाओवादी’ भइसकेको समेत टिप्पणी गरेका छन् ।

अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे प्रचण्डले देखाएको दोहोरो भूमिकाप्रति लक्षित गर्दै डा. भट्टराईले भनेका छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद !’

त्यस्तै उनले नेपाली राजनीतिमा जबसम्म यो पाखण्डी र दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दै नबन्ने ठोकुवा गर्दै उनले अगाडि लेखेका छन्, ‘नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन । एमसीसी जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !’

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...