बिप्लवका हस्तीले पनि रोजे एमाले, देशैभर एमाले प्रवेशको लहर



हाम्रो इकोनोमि

 

 

चुनावको मिति घोषणा गर्ने समय आउनै लाग्दा देशभर नेकपा एमाले प्रवेशको लहर चलेको छ । हरेक दिन कम्तीमा चार पाँच जिल्लामा अन्य पार्टीपरित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको हो ।

यही क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्लाका पूर्व जिल्ला सेक्रेटरी खिम खड्कासहित विभिन्न पार्टीका ५० जनाले एमाले प्रवेश गर्नुभएको छ । रूपन्देहीमा भएको एक कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी प्रवेश गर्नेलाइ एमालेमा स्वागत गर्नुभयो ।

उक्त कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका गुल्मी जिल्ला सदस्य विष्णु वि.क, अनेरास्ववियू क्रान्तिकारीका नवलपरासी अध्यक्ष सुशील परियार, युवा संगठन गुल्मीका अध्यक्ष कृष्ण ढकाल लगायत एमाले प्रवेश गर्नुभएको छ ।कार्यक्रममा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको बताउनु भयो । ज्ञवालीले स्थानीय निर्वाचन समयमै गर्न दबाब दिन जरुरी रहेको आवश्यकता पनि औल्याउनु भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने भनि मिति तय गरेपनि पार्टीले दबाब सिर्जना गर्नुपर्नेमा उपमहासचिव ज्ञवालीको जोड थियो । ज्ञवालीले पार्टीका कार्यकर्तालाई अब स्थानीय निर्वाचनका लागि तयारी अवस्थामा रहन आग्रह पनि गर्नुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा गुल्मी इञ्चार्ज दिनेश पन्थी, नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज भुमिश्वर ढकाल, नेकपा प्रदेश कमिटी सदस्य डा. गोकर्ण पन्थी, पार्टी प्रवेश गर्नेहरुको तर्फबाट खिम खड्का लगायतले बोल्दै पार्टीलाई बलियो बनाउन स्थानीय कार्यकर्ताको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...