मारवाडी सेवा समितिको कामले नागरिकलाई राहत मिलेको छ : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिले नेपाली दुःखी गरिब तथा असहाय नागरिकका लागि गर्दै आएको सेवा सरहानीय रहेको बताउनु भएको छ । मारवाडी सेवा समितिको ६९ औँ वार्षिक उत्सब कार्यक्रमको आज आइतबार उद्घाटन गर्नु हुँदै मन्त्री आलेले बिगतदेखि समितिले गरेका बिभिन्न निःशूल्क सेवा मुलक कार्यहरुले नेपाली नागरिकलाई निकै राहत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “समितिले गरेको सेवाले यहाँका दुःखी, गरिब तथा असहाय नागरिकका लागि बरदान साबित भएको छ, मेरो तर्फबाट चाहिने सहयोग म पूर्ण रुपमा गर्ने छु ।”

 

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले मारवाडी सेवा समितिले गरेका रचनात्मक तथा निः शूल्क सेवा मुलक कार्यहरुको जति प्रशंसा गरेपनि कम हुने बताउनु हुँदै पछिल्लो समय समितिले सञ्चालन गरेको निःशूल्क डाइलायसिस सेवाले पीडित नागरिकका लागि निकै राहत पुगेको बताउनुभयो । उहाँले थप भन्नुभयो, “नागरिकको सेवामा लाग्दा लाग्दै तपाइँहरुलाई कुनै बाधा, व्यवधान, अर्चन, अप्ठेरो उत्पन्न भए सरकार त्यसको समाधानका लागि तयार छ ।” यसैगरी मन्त्री आलेले अहिलेको सरकार जनताको सरकार भएकाले जनतालाई पर्ने बाधा, समस्या र अप्ठयारमा पूर्ण साथ र सहयोग दिने बचनबद्धता समेत प्रकट गर्नुभयो ।

 

उक्त कार्यक्रममा मन्त्री आलेलाई मारवाडी सेवा समितिका तर्फबाट पगरी लगाइ सम्मान समेत गरिएको थियो । सो अवसरमा समितिले हाल सम्म गरेका बिभिन्न निःशूल्क कार्यहरुका बारेमा कार्यक्रममा जानकारी समेत दिइएको थियो । समितिमा आवद्ध भइ लामो समय सम्म नागरिकको निःशूल्क सेवामा खटिएका पाँच जना जेष्ठ नागरिकलाई उक्त कार्यक्रममा सम्मान समेत गरिएको थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...