प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका मध्ये अहिलेसम्म चार जना उम्मेदवारले मात्र निर्वाचनका क्रममा भएको खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्। मुगुका राजबहादुर लाभ, हिरामती विक, तिलकबहादुर मल्ल र हस्तबहादुर मल्लले मात्र आयोगमा खर्च विवरण पेश गरेका हुन्।