२० लाखभन्दा बढी मूल्य पर्ने घोडा चोरेको आरोपमा पक्राउ



हाम्रो इकोनोमि

रु २० लाखभन्दा बढी मूल्य पर्ने घोडा चोरी गरी फरार रहेको अभियोगमा हुम्लाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको बलिया बलचौरबाट २२ घोडा चोरी गरी अछाम पु¥याउने धर्मराज सन्ज्याललाई नियन्त्रणमा लिइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । चोरीका घोडा कैलालीको सुगरखाल हुँदै अछामतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी भैरवस्थानको टोलीले सन्ज्याललाई पक्राउ गरेको हो ।

हुम्लाबाट चिसो छल्न कैलाली लगिएका अदानलचुली गाउँपालिकाका ती घोडा सन्ज्यालले गत पुस २६ गते चोरी गरी अछाम पु¥याएका थिए । अभियुक्त सन्ज्याललाई सोधपुछपछि घोडासहित इलाका प्रहरी कार्यालय लम्की कैलालीलाई बुझाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...