सरकारले सातै प्रदेश प्रमुखको नाम टुंग्यायो, आजै ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने(नामसहित)



सरकारले सबैभन्दा ठूलो दल नेकपा एमाले तथा तेस्रो ठूलो दल माओवादीलाई बाहिर राख्दै सात प्रदेश प्रमुखको चयन प्रक्रिया अघि बढाएको छ।
बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकमा पेश भएको प्रस्तावमा सात मध्ये चार प्रदेश प्रमुख काँग्रेसले आफू निकटबाट प्रस्ताव गरेको छ भने अन्य तीन दललाइ तीन वटा प्रदेश प्रमुख छुट्याइएको छ। संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनता पार्टीलाई एक–एक प्रदेश प्रमुख प्रस्ताव गरिएको छ।

३ बजेको बैठकले सबै नाम सार्जनिक गर्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए।

भागबण्डा अनुसार प्रदेश २ मा राजपा र प्रदेश ५ मा संघीय समाजवादी फोरमको सिफारिसका आधारमा नाम टुंगो लगाइएको हो। वाम गठबन्धन बाहेकका दलबाट सिफारिस गरिएका नाममाथि बैठकमा छलफल भएको हो। बिहान साढे ९ बजेदेखि बैठक बसेको थियो।

प्रदेश प्रमुखमा कोको?
प्रदेश १ – गोविन्द सुब्बा
प्रदेश २ -उमाकान्त झा
प्रदेश ३ -अनुराधा कोइराला
प्रदेश ४ -बाबुराम कुँवर
प्रदेश ५ -रत्नेश्वर कायस्थ
प्रदेश ६ -चन्द्रकृष्ण घिमिरे
प्रदेश ७ -वसन्तराज मल्ल

प्रतिक्रिया दिनुहोस
इरान आक्रमण : रुस र चीनद्वारा अमेरिकाको कडा निन्दा

    आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद्

लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी

    लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट

नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा, अमरेशलाई कारबाही गर्न माग

    स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको