महन्थ ठाकुरका सम्धीलाई देउवा सरकारले गर्यो दुइ नम्बर प्रदेशको प्रदेश प्रमुख नियुक्त,अरु प्रदेशमा को-को भए नियुक्त



सरकारले प्रदेश नं. २ को प्रमुखमा उमाकान्त झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले झालाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
समाचार तयारपार्दा सम्म अरु निर्णय गर्न मन्त्रिपरिषद बैठक बसिरहेको छ । झा राजपा नेपालको कोटामा २ नं. प्रदेशको प्रमुखमा नियुक्त भएका हुन् ।

मंगलबार स्थगित भएको मन्त्रिपरिषद बैठक बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। संविधानअनुसार प्रदेश प्रमुख चयन नहुँदा नयाँ सरकार गठनको प्रक्रिया अवरुद्ध छ।

‘मन्त्रिपरिषद बैठक सुरु हुनै लागेको छ। म यहीँ आइपुगेको छु’, कानुनमन्त्री यज्ञबहादुर थापाले भने, ‘प्रदेश प्रमुख र प्रदेशका अस्थायी राजधानीको विषय एजेन्डामा छन्।’

प्रतिनिधि सभा र प्रदेश सभाको पूर्णता दिएर ताजा जनमतअनुसार नयाँ सरकार गठनको कार्य अवरुद्ध भइरहेका बेला सरकारले प्रदेश प्रमुख तोक्ने तयारी गरेको हो। सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने निर्णय गर्न नसक्दा प्रदेश सभा समानुपातिकमा निर्वाचित हुने २ सय २० जनाको परिणाम आयोगले रोकिराख्नु परेको छ।

प्रदेश प्रमुख नियुक्तिको ढिलाईले राष्ट्रिय सभाको घोषित निर्वाचन प्रभावित हुन सक्ने देखिएपछि सरकारले हिजो सोमबार मन्त्रिपरिषद बैठक बोलाएको थियो। तर दलहरूबीच सहमति जुट्न नसक्दा अन्तिम समयमा मन्त्रिपरिषद बैठक स्थगित भएको थियो।
निर्वाचन आयोगले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न माघ ७ देखि सुरु हुने गरी निर्वाचन कार्यक्रम ल्याइसकेको छ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुखका लागि प्रस्ताव गरिएका नाममाथि छलफल चलिरहेको छ।

राजनीतिक दलबाट आएका विभिन्न नाममाथि छलफल भइरहेको स्रोतले बतायो। जसमा नेपाली कांग्रेसबाट अनुराधा कोइराला र दोलखबहादुर गुरुङ, संघीय समाजवादी फोरमबाट रत्नेश्वर कायस्थ, राजपाबाट प्रस्ताव गरिएका उमाकान्त झा लगायतको नाममाथि छलफल भइरहेको छ।

गोविन्द सुब्बा, बाबुराम कुँवर, कृष्णकेशरी खनाल, मोहनराज मल्लको नाममा पनि छलफल भइरहेको स्रोतले जनायो।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखका लागि रुक्मांगत कटवाल, रामनगिना सिंह, केदारभक्त माथेमा र भोजराज पोखरेलसँग समेत भेटेर इच्छा बुझेका थिए।

यस्तै, प्रदेशको अस्थायी राजधानीमा विराटनगर, जनकपुर, ललितपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीलाई तोक्ने तयारी भइरहेको छ।

सरकारले दलहरुबीचको सहमतिमै प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोक्ने तयारी गरेको थियो। तर, वाम गठबन्धनले अस्थायी राजधानी तोकेर विवादमा पर्नुभन्दा पन्छिने रणनीति अख्तियार गरेपछि सरकारलाई सहमति जुटाउनमै समय लागेको हो। प्रदेश प्रमुख नियुक्तिको जिम्मेवारी सरकारकै भएको भन्दै वाम गठबन्धनले भने कसैको नाम सिफारिस गरेको छैन।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका