तारेभिर महोत्सवमा पुगेर प्रचण्डले भने, ‘७० बर्षपछि पाँच वर्ष टिक्ने स्थायी सरकार बन्नेछ’



हाम्रो इकोनोमि

नेकपा ममाओवादी केन्द्रकका अध्यक्ष पुश्पकमल दाहालले ७० बर्ष पछि देसले स्थायी सरकार पाउने बताएका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ मा आयोजित चौथो तारेभिर महोत्सवको समुद्घाटनमा बोल्दै नेपका माओवादी केन्द्रका अध्यक्ष दाहालले सो कुरा बताएका हुन ।

राजनितिक स्थायीत्वतिर अगाडि बढेको बताउदै दाहालले देशमा आज सम्म विकाशको निम्ती राजनिति होइन राजनीतिको निम्ति विकास गरेको बताए ।

दाहालले भने ‘यो उल्टो हो अब राजनितिको निम्ति विकास होइन विकासको निम्ति राजनिति गर्नुपर्ने समय आयो’ ।

दाहालले कम्युनिष्टहरू एक र अर्कोतर्फ कांग्रेसभएर स्वच्छ प्रतिस्पर्धा गरेर नेपाल र नेपाली जनताको लागी आर्थिक विकासको आकांक्षालाइ सम्वोधन गर्ने सम्बृद्धिको आकांक्षालाइ सम्वोधन गर्ने एउटा नयाँ युगतिर देश जाओस भनेरनै कम्युनिष्ठ एकताको लागी सहमत भएकको प्रस्ट पारे ।

दाहालले समृद्धसमाजको महाअभियानमा समेत लागेको धारणा व्यक्त गर्दै बाम गठबन्धनलाइ झन्डै २ तिहाइ बहुमत दिएर जनताले अनुममोदन गरेकोले जनतालाइ धन्यवाद साथै बधाइ ज्ञापन गरेका थिए ।

दाहालले देसलाइ विकास र समृद्धितर्फ लैजान एमाले अध्यक्ष केपी शर्मा ओली र आफुले राष्ट र राष्टीयताको नाममा कुनै पनि हालतमा पछाडि नहट्ने संकल्प गरेको बताए ।

तारेभिर पर्यटन को राम्रो केन्द्र बन्न सक्ने र रक क्लाइम्बिंग को राम्रो सम्भावना भएको क्षेत्र हो ।

तारेभिर को बिकासको लागी सरकारले करिब २९ करोडको लगानीगरेको छ । कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा एमाले नेता रामेश्वर फुयाल, माओवादी केन्द्रका नेता कृष्ण केसी लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...