प्रधानमन्त्री निवासबाटै यसरी भयो ५० लाख बेपत्ता,झ्वाम् पारेको यिनलाई लाग्यो वात



गरिब, असहाय र गम्भीर प्रकृतिका बिरामीको निहुँ पारेर कार्यकर्तालाई करोडौँ रुपैयाँ पोस्ने गरेको प्रमनिवास बालुवाटारमा यतिखेर भने ५० लाख रुपैयाँको चर्को खोजी भएको छ । प्रदेश र केन्द्रीय निर्वाचनका क्रममा हराएको भनिएको रकमको व्यापक खोजी भए पनि अझैं फेला परेको छैन तर कसले, केमा लगायो भन्नेचाहिँ यसै साता सुइँको भेटिएको छ । स्रोतले रकम बालुवाटारमै तर प्रधानमन्त्री निवासबाट केही परतिर पाइएको बताएको छ । प्रमनिवासकै एकजना अस्थायी जागिरेले सो रकम सुइँक्याएको कुरा हराएको दुई महिनापछि बल्ल पत्ता लागेको स्रोतले जानकारी दिएको हो ।

घटना विवरणअनुसार केन्द्रीय र प्रदेश निर्वाचनका क्रममा कांग्रेसले प्रचार प्रसारका लागि छुट्ट्याएमध्ये ५० लाख रुपैयाँकोे हिसाब नमिलेपछि खैलाबैला मच्चिएको थियो । प्रचार प्रसार समितिको कामका लागि पार्टी सभापतिले रकम छुट्याएको भए पनि फस्र्ट लेडी आरजु देउवाले पनि छुट्टै बन्दोबस्त गरेकी थिइन् । यसपटक उक्त समिति बालकृष्ण खाँणको अध्यक्षतामा गठन गरिएको थियो । समितिले विभिन्न स्थानमा पत्रकारलाई भ्रमण गराउनुका साथै पत्रकार सम्मेलन, प्रचार सामग्री निर्माण र पार्टीनिकट अनलाइनलाई परिचालन गरेको थियो । निर्वाचन सकिएपछि खाँणले त्यसको हिसाबकिताब कोषाध्यक्षलाई नभएर आरजुलाई दिएका थिए । त्यसमा ५० लाख रुपैयाँको हिसाब नमिलेपछि बालुवाटारमा रडाको मच्चियो र प्रधानमन्त्रीसम्म पुग्यो । तर रहस्य खुलेन । आखिर त्यो रकम आरजुकै सिफारिसमा प्रधानमन्त्रीको प्रेस संयोजकमा नियुक्त र त्यसताका अन्नपूर्ण पोस्ट्का रिपोर्टर गोविन्द परियारले व्यवस्थापन गरेको बताइन्छ । त्यसमा खाँणको पनि धेरथोर हात रहेकाले उनले स्पष्ट रूपमा आरजु र प्रधानमन्त्रीलाई जवाफ दिन सकेका थिएनन् ।

परियारले सो रकम आफूले हालै खोलेको एक अनलाइनमा लगानी गरेका रहेछन् । प्रमनिवास नजिकै बालुवाटारमै उनले कार्यालय लिएका छन् र त्यो रकम कार्यालय सजावट, कम्प्युटर खरिद आदिमा लगाएका छन् । आफूलाई काम गर्न सजिलो होस् भनेर नजिकै एक घर लिएका छन् । सरकारबाट निस्किएपछि आफू रिपोर्टरको जागिर खान नजाने र मिडिया खोल्ने भन्दै आएका उनले यो अनलाइनमा पार्टीको पैसा लगाएका हुन् । उनलाई प्रमले प्रत्यक्ष कुनै कुरा भन्दैनन् बरु पिएहरूले दिएको सूचनाका आधारमा प्रेस विज्ञप्ति बनाउने गर्छन् । त्यसो त उनले कार्यक्रमबारे फेसबुकबाट पनि जानकारी गराउँछन् । कतिपटक त उनले बोलाएर पत्रकार बालुवाटार पुगे पनि कार्यक्रम नै नभएकाले त्यसै फर्किनुपरेको थियो । प्रम देउवाले कांग्रेसका वरिष्ठ पत्रकारलाई प्रेस सल्लाहकारमा नियुक्त गर्न चाहे पनि आरजुको एनजिओमा काम गरेका उनलाई नियुक्त गर्नुपरेको हो । उनकै नियुक्तिका कारण कांग्रेसका पत्रकार रुष्ट भएको र देउवालाई नेपालको सिंगो पत्रकारिताले असहयोग गरेको अहिले आएर महसुस भएको छ ।

यसअघि स्थानीय निर्वाचनमा रमेश लेखकलाई प्रचारप्रसार समिति प्रमुख बनाउँदा पनि रकम घोटालाकै आरोप लागेको थियो । उनी संयोजक र गगन थापा उपसंयोजक बनाइएकोमा आफूनिकट पत्रकारलाई मात्र जहाज चढाएर सुदूरपश्चिम धेरै घुमाएकोले विवाद चर्केको थियो ।जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्