प्रदेश प्रमुख र कार्यालय आज तोकिँदै



हाम्रो इकोनोमि

मन्त्रिपरिषद्को बुधबार बिहान बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले प्रदेश प्रमुख र प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी केन्द्र तोक्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रदेशसभाले राजधानी नतोक्दासम्म सरकारले काम चलाउन स्थान मात्र तोक्ने तयारी गरेको हो। प्रदेशको अस्थायी राजधानी तोक्दा आन्दोलन चर्कन सक्ने देखिएपछि सरकारले कार्यसञ्चालनका लागि अस्थायी कार्यालय मात्र तोक्न लागेको हो।

यसअघि मंगलबार बस्ने भनिएको बैठक बुधबारका लागि सारिएको थियो। सरकारले उच्च अदालत भएका ठाउँमा अस्थायी कार्यालय तोक्ने तयारी गरेको छ। सरकारले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक र प्रतिष्ठित व्यक्तिहरु मध्यबाट प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...