प्रदेश प्रमुख र कार्यालय आज तोकिँदै



हाम्रो इकोनोमि

मन्त्रिपरिषद्को बुधबार बिहान बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले प्रदेश प्रमुख र प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी केन्द्र तोक्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रदेशसभाले राजधानी नतोक्दासम्म सरकारले काम चलाउन स्थान मात्र तोक्ने तयारी गरेको हो। प्रदेशको अस्थायी राजधानी तोक्दा आन्दोलन चर्कन सक्ने देखिएपछि सरकारले कार्यसञ्चालनका लागि अस्थायी कार्यालय मात्र तोक्न लागेको हो।

यसअघि मंगलबार बस्ने भनिएको बैठक बुधबारका लागि सारिएको थियो। सरकारले उच्च अदालत भएका ठाउँमा अस्थायी कार्यालय तोक्ने तयारी गरेको छ। सरकारले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक र प्रतिष्ठित व्यक्तिहरु मध्यबाट प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...