मन्त्रिपरिषद् बैठक फेरि स्थगित,प्रदेश राजधानी र प्रमुख तोकिएन,फेरी कहिले बस्दैछ बैठक



हाम्रो इकोनोमि

प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नका लागि बिहानदेखि बसेको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ।

प्रदेश प्रमुखका लागि वाम गठबन्धनबाहेक अन्य दलहरुले गरेको प्रस्तावमाथि छलफल भए पनि कुनै निर्णय नभई बैठक स्थगित भएको हो। अब फेरि दिउँसो ३ बजे बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए।

नयाँ सरकार गठनको कार्य लम्बिरहेका बेला सरकारले सात प्रदेश राजधानी तोकेर राजनीतिलाई नयाँ गति दिने तयारी गरेको छ। मन्त्रिपरिषद जारी बैठकमा प्रदेश प्रमुखसँगै तिनका अस्थायी राजधानीको नाम समेत प्रस्तावको रुपमा लगिएको छ।

स्रोतका अनुसार प्रदेश एकको राजधानी विराटनगर, दुईको जनकपुर तथा ३ को ललितपुर वा भक्तपुर प्रस्ताव गरिएको छ। यसैगरी प्रदेश चारको पोखरा, पाँचको बुटवल, छ को सुर्खेत एवं सातको धनगढीलाई अस्थायी राजधानी तोक्न प्रस्ताव गरिएको छ।

अनिश्चितकालीन दाङ बन्द

सरकारले प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा दाङ तोक्ने निर्णय गर्नसक्ने देखिएपछि दाङमा आन्दोलन चर्किएको छ। दाङलाई प्रदेश राजधानी बनाउनु पर्ने भन्दै बुधबार बिहानैदेखि आन्दोलनकारीले जिल्ला ठप्प पारेका छन्। बन्दका कारण दाङको यातायात, शिक्षण संस्था, बजार ठप्प छन्। दाङबाट बाहिरिने र भित्रिने कुनै पनि सवारी साधन चल्न सकेका छैनन्। बन्दका कारण पूर्व पश्चिम महेन्द्रराजमार्ग ठप्प छ। देउखुरीस्थित लमहीमा आन्दोलनकारीले राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन्। राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...