समाचार

नारायणगढ–मुग्लिन सडक आजबाट राति ६ घण्टा बन्द हुने

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभयो ।