प्राइम बैंकको नाफा ७१ करोड ५१ लाख रुपैयाँ



हाम्रो इकोनोमि

प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ७१ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले गत वर्षको यही अवधिमा ५५ करोड ९७ लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकले ५ महिनामा एक अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकले ७१ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले गत वर्षको यही अवधिमा भने ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकको चुक्त पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ।

बैंकको पूँजी कोष अनुपात १२.७६ प्रतिशत छ भने खराब कर्जा १.४३ प्रतिशत छ। त्यस्तै प्रतिशेयर आम्दानी १७ रुपैयाँ छ। बैंकको आधार व्याज दर यही अवधिको एक आर्थिक वर्षमा ७.३० प्रतिशतबाट बढेर १०.७६ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...