प्राइम बैंकको नाफा ७१ करोड ५१ लाख रुपैयाँ



हाम्रो इकोनोमि

प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ७१ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले गत वर्षको यही अवधिमा ५५ करोड ९७ लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकले ५ महिनामा एक अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकले ७१ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले गत वर्षको यही अवधिमा भने ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकको चुक्त पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ।

बैंकको पूँजी कोष अनुपात १२.७६ प्रतिशत छ भने खराब कर्जा १.४३ प्रतिशत छ। त्यस्तै प्रतिशेयर आम्दानी १७ रुपैयाँ छ। बैंकको आधार व्याज दर यही अवधिको एक आर्थिक वर्षमा ७.३० प्रतिशतबाट बढेर १०.७६ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस
आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...