एमालेको स्थायी कमिटीले मुख्यमन्त्री छान्न सकेन,प्रदेशसभालाई दियो जिम्मेवारी



हाम्रो इकोनोमि

एमालेले प्रदेशको मुख्यमन्त्री चयन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशको संसदीय दललाई दिने निर्णय गरेको छ।
मुख्यमन्त्रीका लागि पार्टीमा एकभन्दा धेरै आकंक्षी देखिएपछि एमालेले सम्बन्धित प्रदेशसभाबाट नै निर्णय गर्ने अधिकार दिएको हो।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले प्रदेशसभाको संसदीय दलको बैठकबाट नेता चयन गर्ने र सोही व्यक्तिले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने प्रक्रियालाई छनोट गरेको हो। मुख्यमन्त्री चयनको जिम्मेवारी प्रदेशसभालाई दिने निर्णय गरिएको कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले बताए।

एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशमा प्रादेशिक सरकार गठन गर्दैछ। त्यस्तै एमालेले वाम गठबन्धनसँग भएको सहमति अनुसार १, २, ३, ६ र ७ नम्बर प्रदेशमा सभामुखसमेत पाउनेछ। त्यस्तै प्रदेश नम्बर ४ र ५ मा एमालेकै उपसभामुख हुनेछन्।

बैठकले राष्ट्रियसभा निर्वाचन अगाडि मतदातालाई भोट हाल्ने तरिका सिकाउन सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...