एमालेको स्थायी कमिटीले मुख्यमन्त्री छान्न सकेन,प्रदेशसभालाई दियो जिम्मेवारी



हाम्रो इकोनोमि

एमालेले प्रदेशको मुख्यमन्त्री चयन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशको संसदीय दललाई दिने निर्णय गरेको छ।
मुख्यमन्त्रीका लागि पार्टीमा एकभन्दा धेरै आकंक्षी देखिएपछि एमालेले सम्बन्धित प्रदेशसभाबाट नै निर्णय गर्ने अधिकार दिएको हो।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले प्रदेशसभाको संसदीय दलको बैठकबाट नेता चयन गर्ने र सोही व्यक्तिले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने प्रक्रियालाई छनोट गरेको हो। मुख्यमन्त्री चयनको जिम्मेवारी प्रदेशसभालाई दिने निर्णय गरिएको कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले बताए।

एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशमा प्रादेशिक सरकार गठन गर्दैछ। त्यस्तै एमालेले वाम गठबन्धनसँग भएको सहमति अनुसार १, २, ३, ६ र ७ नम्बर प्रदेशमा सभामुखसमेत पाउनेछ। त्यस्तै प्रदेश नम्बर ४ र ५ मा एमालेकै उपसभामुख हुनेछन्।

बैठकले राष्ट्रियसभा निर्वाचन अगाडि मतदातालाई भोट हाल्ने तरिका सिकाउन सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...