‘पाल्पाली करुवा’ उद्योग धराशायी बन्दै



हाम्रो इकोनोमि

पाल्पाको पहिचान बोकेका ‘पाल्पाली करुवा’ उद्योग धराशायी बन्दै गएका छन् ।

सदरमुकाम तानसेनस्थित टक्सारटोलका उद्योगमा पर्याप्त मात्रामा करुवा उत्पादन हुँदै आए पनि पछिल्ला वर्षमा कच्चापदार्थ र दक्ष कामदारको अभावमा वर्षेनी करुवा उद्योग बन्द हुँदै गएका छन् ।

करुवा बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा र उत्पादनका लागि कच्चा पदार्थ धातु, काँच, मैन र कोइलाको अभावले उद्योग संकटमा परेका हुन् । विगतमा तानसेनमा २५ वटा उद्योगमा करुवा उत्पादन हुँदै आए पनि पछिल्लो वर्षमा तीनवटा मात्र सञ्चालनमा रहेका उद्योगका सञ्चालक प्रदीप बज्राचार्यले बताउनुभयो ।

“माग बढी भए पनि उद्योग बन्दै हुँदै गएपछि आपूर्तिमा समस्या भएको छ,” उहाँले भन्नुभयो । पाल्पाली करुवा मागअनुसार उत्पादन हुन सकेको छैन । दशैँदेखि कच्चा पदार्थ भारतबाट आयात गर्न नसक्दा उत्पादन न्यून मात्रामा गर्न सकेको श्रेष्ठको भनाइ छ ।

स्थानीय तह, घरेलु उद्योग र पाल्पा उद्योग वाणिज्य संघको बेवास्ताका कारण वर्षेनी उद्योग बन्द हुँदै गएका हुन् । पहिला मासिक रु ५० हजारदेखि रु ६० हजारसम्म आम्दानी हुने गरे पनि हाल उत्पादनमा कमी आउँदा आम्दानी घटेको छ । पाल्पाली करुवा हस्तकलाको प्रयोग गरी निर्माण गर्दा मेहनत र श्रम बढी लाग्ने भएकाले अन्य ठाउँको भन्दा महँगो हुन्छ ।

“भोजपुरी र पोखरेली करुवा मेसिनद्वारा उत्पादन गरिन्छन्, पाल्पाली करुवा हस्तकलाको प्रयोगले निर्माण गरिन्छ,” तानसेन टक्सारका करुवा व्यवसायी लालचन्द्र शाक्यले भन्नुभयो । लोप हुने अवस्थामा पुगेको पाल्पाली करुवाको संरक्षण तथा बजार प्रवद्र्धनका लागि स्थानीय तहबाट पहल गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पाल्पाली करुवा उपहार आदानप्रदानका लागि बढी प्रयोग गरिँदैआएको छ । यहाँको करुवा जापान, बेलायत, अमेरिका र थाइल्याण्डसम्म निर्यात हुने गरे पनि मागअनुसार उत्पादन हुन सकिरहेको छैन । करुवासँगै काँचका थाल, कचौरा, पानसलगायत सामग्री किन्न उपभोक्ता यहाँ आउने गरेका छन् ।

जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले पाल्पाली करुवा संरक्षणका लागि तथा उत्पादन बढाउन अध्ययन भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...

आज ४ बजे देखि भोलि बिहान ६ बजे सम्म तीव्र गतिको हावाहुरी चल्ने

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु...