म्यानपावर व्यवसायीलाई मन्त्री विष्टको जवाफ : ४० जनाको अनुहार हेरौं कि ४० लाख युवाको ?
श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीहरुको धरौटी रकम कुनै हालतमा नघटाउने अडान लिएका छन् । सोमबार मन्त्रालय पुगेका व्यवसायीहरुको टोलीलाई आफू कुनैपनि हालतमा धरौटी रकम घटाउन नसक्ने जानकारी गराएको मन्त्रालयलका एक उच्च अधिकारीले बताए ।