हेटौँडाबाट काभ्रेमा सर्दै राजधानी, तीन नम्बर प्रदेशको नाम बागमती या नारायणी हुने



हाम्रो इकोनोमि

 

देशको राजधानी तथा तीन महानगरसहित अनेकौँ महत्वपूर्ण शहरहरू रहेको प्रदेश नम्बर तीनको राजधानी र नामबारे आममानिसमा चासो प्रकट हुन थालेको छ । हालसम्म प्रदेश ६ र चार नम्बरले आफ्ना नाम र राजधानी (कर्णाली र गण्डकी) तय गरिसकेका छन् भने अन्य पाँचवटा प्रदेशले यस विषयमा औपचारिक बहस–छलफलसमेत प्रारम्भ गरेका छैनन् । बाँकी पाँचवटै प्रदेशमा राजधानी र नामका विषयलाई लिएर विवाद तथा तनाव उत्पन्न हुने ठानिएको छ ।

 

हाल प्रदेश सातको राजधानी धनगढी, कर्णाली (६) को सुर्खेत, पाँचको बुटवल, गण्डकी (चार) को पोखरा, तीनको हेटौँडा, दुईको जनकपुर र एकको विराटनगर निर्धारण गरिएको छ । पोखरा र सुर्खेतले स्थायित्व पाइसकेको भए पनि अन्य प्रदेशहरूको नाम र राजधानी निश्चित हुन सकेको छैन । अहिले जहाँ अस्थायी राजधानी तोकिएको छ, धेरैले त्यही ठाउँ स्थायी राजधानी बन्ने विश्वास गरेका छन् ।

 

तर, वास्तविकता त्यसप्रकारको छैन, प्रदेश तीन र एकले राजधानीबारे यकिन गर्न सकेका छैनन् । दुई र सात नम्बर प्रदेशमा पनि स्थायी राजधानी तोकिने क्रमसँगै पुनः तनाव पैदा हुने सम्भावना छ । प्रदेश एकले मोरङको पूर्व–पश्चिम राजमार्ग आसपास या इटहरीसम्मलाई समेटेर राजधानी बनाउनेबारे विचार गरिरहेको बुझिन्छ ।

 

कदाचित विराटनगरको विकल्प खोजियो भने त्यहाँ व्यापक विरोध र असन्तुष्टि प्रकट हुने सङ्केतहरू देखिएका छन् । यसअघि राजधानीकै विषयलाई लिएर धनकुटा आन्दोलित बनेको थियो । एक नम्बर प्रदेशको नाम भने ‘कोसी’ रहन सक्ने अनुमान छ ।

 

तीन नम्बर प्रदेशको नाम बागमती या नारायणी हुने सम्भावना ज्यादा देखिएको छ । कसैले नेपाल मण्डल, कसैले पाशुपत प्रदेश, कसैले ताम्सालिङ, कसैले राजधानी प्रदेश त कसैले शैलुङ नाम सुझाएका भए पनि अन्ततः सबैलाई स्वीकार्य हुने गरी बागमती या नारायणी नदीकै नामबाट प्रदेशको नामाकरण हुने सम्भावना छ । तर, राजधनीका विषयमा भने तीन नम्बर प्रदेशमा एकपटक ठूलै तनाव पैदा हुने स्थिति छ ।

 

हेटौँडाले हेटौँडा नै स्थायी राजधानी बन्ने ठानेको भए पनि अब प्रदेश राजधानी हेटौँडाबाट सर्ने प्रायः निश्चित भएको छ । नुवाकोट र भक्तपुरलाई समेत सम्भावित राजधानीका रूपमा हेरिएको भए पनि अन्ततः काभ्रेको धुलिखेल–बनेपा क्षेत्रलाई राजधानी बनाइने भएको छ ।

 

आगामी केही साताभित्रै नाम र राजधानी तय गर्ने आन्तरिक गृहकार्य राजनीतिक वृत्तमा चलिरहेको छ । धुलिखेल–बनेपालाई स्थायी राजधानी तोकिएको अवस्थामा हेटौँडाले कस्तो प्रतिक्रिया जनाउने हो, निर्णयकर्ताहरूका निम्ति चासो र चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...