प्रधानमन्त्री ओलीले भने उद्योग स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्छ



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उद्योगको स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्ने बताएका छन् । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधिसँग आज सिंहदरबारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

 

प्रधानमन्त्री ओलीले नेपाल उद्योगको स्थापना मार्फत नेपालमा अविकास, गरिबी र पछौटेपन हटाउनु पर्ने बताए । ‘यो अभियान हामीले नेपाल मात्र होइन दक्षिण एशियामा नै सञ्चालन गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलील भने, ‘गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु पर्दछ ।’ प्रधानमन्त्री ओलीले अब स्थापना हुने उद्योगहरु प्रविधि मैत्री हुने पर्ने बताउनुभयो । उहाँले उद्योगमा काम गर्ने मजदुरहरु पनि प्रविधिमा पोख्त हुनु पर्ने बताए ।

 

केही तत्वहरुले नेपालमा केही भएको छैन भनेर जनतामा निराशा छर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । निराश जनता देशको लागि सबभन्दा खतरनाक हुने भन्दै प्रधानमन्त्री ओलीले आम जनतामा आत्मविश्वास बढाउनु र आशा लाग्दो भविष्य देखाइदिने सरकारको काम भएको उनले बताए । जसले जनतामा आशावादीता बढेर जाने उनी बताउँछन् ।

 

देश विकासका लागि अहिले उपयुक्त समय भएकोले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘देशको जनसंख्यामा काम गर्न सक्नेहरुको बाहुल्यताको अवस्था छ,’ उनले भने, ‘यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काम गर्नु पर्दछ ।’

 

प्रधानमन्त्री ओलीले विश्व समुदायलार्ई नेपालमा लगानी मैत्री वातावरण भएको कुरा प्रचार गर्न नेपाली उद्यमीहरुलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...