थमन विक हत्याका थप दुई अभियुक्त पनि साधारण तारेखमा रिहा



हाम्रो इकोनोमि

 

मधेस आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोग लागेका थप दुई अभियुक्त पनि साधारण तारेखमा रिहा भएका छन् । मंगलबार जिल्ला अदालत महोत्तरीमा हाजिर भएका फरार प्रतिवादी रामशंकर मिश्र ९शाहीजी० र सुरेश पाण्डेय साधारण तारेखमा रिहा भएका हुन् ।

 

जिल्ला अदालतका मुख्य न्यायाधीश बृजेशकुमार प्याकुरेलको इजलासले उनीहरुलाई साधारण तारेखमा रिहा हुने आदेश दिएको हो । यसअघि सोमबार पनि यसै मुद्दाका फरार प्रतिवादी प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा पनि सामान्य तारेखमा रिहा भएका थिए ।

 

शर्मा अदालतमा हाजिर भई सामान्य तारेखमा छुटेको भोलिपल्ट अरु दुई अभियुक्त पनि अदालतमा हाजिर भएका थिए । हत्या अभियोग लागेका मिश्र जलेश्वर नगरपालिकाका मेयर हुन् भने पाण्डेय राजपाका केन्द्रीय महासचिव हुन् ।

 

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग छ ।

 

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...