थमन विक हत्याका थप दुई अभियुक्त पनि साधारण तारेखमा रिहा



हाम्रो इकोनोमि

 

मधेस आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोग लागेका थप दुई अभियुक्त पनि साधारण तारेखमा रिहा भएका छन् । मंगलबार जिल्ला अदालत महोत्तरीमा हाजिर भएका फरार प्रतिवादी रामशंकर मिश्र ९शाहीजी० र सुरेश पाण्डेय साधारण तारेखमा रिहा भएका हुन् ।

 

जिल्ला अदालतका मुख्य न्यायाधीश बृजेशकुमार प्याकुरेलको इजलासले उनीहरुलाई साधारण तारेखमा रिहा हुने आदेश दिएको हो । यसअघि सोमबार पनि यसै मुद्दाका फरार प्रतिवादी प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा पनि सामान्य तारेखमा रिहा भएका थिए ।

 

शर्मा अदालतमा हाजिर भई सामान्य तारेखमा छुटेको भोलिपल्ट अरु दुई अभियुक्त पनि अदालतमा हाजिर भएका थिए । हत्या अभियोग लागेका मिश्र जलेश्वर नगरपालिकाका मेयर हुन् भने पाण्डेय राजपाका केन्द्रीय महासचिव हुन् ।

 

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग छ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...