बाजेको सेकुवामा सुन तस्करीको पैसा यसरी भयो लगानी,नेपालमा शिलबन्दी भइरहँदा अमेरिकामा शाखा विस्तार
यो त्यतिबेलाको कुरा हो जतिबेला राजधानीमा रेष्टुराँ संस्कृति विस्तार भइसकेको थिएन। ‘प्लाटर’ र ‘पिज्जा’ लोकप्रिय भएकै थिएनन्। बबरमहलको होटल रिभिजिटेडभित्र फ्रान्सेली रेष्टुराँ त थियो तर त्यहाँ एउटा वर्गको मात्र पहुँच पुग्थ्यो। यो वि.सं. २०४० दशकको सुरुवाततिरको कुरा हो। काठमाडौंमा ठूलो