पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण



हाम्रो इकोनोमि

 

प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहिबार प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति क्षेत्रीले  थापालाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

प्रधानसेनापति क्षत्रीले बिहिबार पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्दैछन् । क्षेत्री नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरेका थिए । उनले सेनामा करिब ४० वर्षसम्म सेवा गरेका छन् ।  सैनिक परम्परा अनुसार क्षत्री शुक्रबारदेखि बिदामा बस्दैछन् ।

बलाधिकृत रथी थापालाई  श्रावण १० गतेको नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम शुक्रबारबाट लागु हुने गरी प्रधानसेनापतिमा कायम मुकायम तोकेको थियो ।

 

बुझबुझारथ पश्चात कामु प्रधानसेनापति रथी थापाले नेपाली सेनालाई आधुनिकिकरण गर्ने प्रयास स्वरुप लेस पेपर इन्भारोमेन्ट को लागि डिजिटलाइजेशन मार्फत कार्यालयहरुमा कामको शुरुवात गर्नुको साथै काठमाण्डौ—तराई-मधेश दु्रतमार्गआयोजना कार्यान्वयनको लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार बलाध्यक्ष रथी हेमन्त राज कुँवरलाई बिहिबारबाटै हस्तान्तरण गरेका छन् ।

 

समारोहमा नेपाली सेनाका पि.एस.ओज. रथीबृन्द लगायत विभिन्न विभाग-निर्देशनालयहरुका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...