श्रीमतीको हत्या गरी जंगलमा फालेर प्रहरीमा आत्मसमर्पण



हाम्रो इकोनोमि

 

नेपालगञ्जका शेर मोहम्मद शेषले श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्। नेपालगञ्ज–२३, जंगलीसिंहपुरुवाका २५ वर्षे शेषले नेपाल–भारतको सीमावर्ती जंगलमा श्रीमतीलाई मारेर फालेका हुन्।

 

बन्धकी राखेको सुन निकाल्न श्रीमतीसँगै गएका शेषले बाटोमा झगडा भएपछि एक थप्पड हानेका थिए। एक थप्पड घाटीमा हान्दा श्रीमती बेहोस् भएपछि उनले घाँटी थिँचेर मारेको प्रहरीलाई बयान दिएका दिएका छन्।

 

अब्दुल्लागञ्ज जंगलमा श्रीमतीलाई मारेर फाली शेष जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जमा आत्मसमर्पण गरेका थिए। ‘मैले श्रीमतीलाई मारेर फालेको छु भन्दै शेष जिप्रका, नेपालगञ्जमा हिजो अपरान्ह आइपुगेका थिए, प्रहरी निरीक्षक भरत राठौरले भने, आफैले श्रीमतीलाई मारेर आएको भनिपछि उसलाई हामीले राख्यौ।’

 

शेषले भनेको स्थानमा बिहीबार बिहान आठ बजे नै बाँकेको एक टोली गएको थियो। असईको नेतृत्वमा गएको टोलीले शव भेटाउन सकेन। त्यसपछि फेरि शेषलाई नै लिएर प्रहरी घटनास्थलमा पुगेको थियो। यसपटक भने शव भेटिएको प्रहरीले बताएको छ। शवको मुचुल्का गरी ट्याक्टर खोजेर ल्याउन ढिलाई भएको प्रहरी निरीक्षक राठौरले बताए।

 

शेष विदेशमा थिए। हालसालै उनी घरमा आएका थिए।घरमा आएपछि श्रीमतीको चरित्रमाथि आशंका गरिरहेका थिए। ‘विदेशमा हुँदा फोनमा कुरा गर्दा पनि मैले चालढाल राम्रो पाएको थिएन, शेषले प्रहरीलाई भनेका छन्। केही स्थानीयले पनि ‘तेरो श्रीमतीको चालचलन राम्रो नरहेको’ भन्दै शेषलाई कुरा लगाएको स्रोतले बतायो।

 

शेषले भारतबाट विहे गरेका थिए। उनका चार बच्चा छन्। एक वर्षअघि कोहलपुर–४, बेलनपुरका २९ वर्षीय मो. अस्ताव बेडुवाले श्रीमतीको हत्या गरेर इलाका प्रहरी कार्यालय, कोहलपुरमा आत्मसमर्पण गरेका थिए।

श्रीमती फलसुनदेवी बेडुवाको हत्या र अस्ताव जेल परेपछि उनका ६ बच्चा अहिले बिचल्लीमा परेका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...