तलब मात्र खानको लागि हाजिर गर्छन वीर अस्पतालका डाक्टर, हाजिर गरेपछि यसरी ठोक्छन् टाँप



हाम्रो इकोनोमि

 

वीर अस्पतालमा विहान १० बजेतिर अलि भरे मलाई एक पटक भेट्नु भन्ने डाक्टर बिरामी र बिरामीका आफन्तले उनले भनेको समयमा खोजी गर्दा समेत भेटिंदैनन् ।

जसका कारण ती डाक्टरबाट उपचार सेवा लिइरहेका बिरामी र आफन्तहरु समस्यामा पर्ने गरेको कुरा वीर अस्पतालमा उपचार गर्न जानेहरुका लागि नौलो होइन ।

वीर अस्पतालका अधिकांश डाक्टरहरु दिउँसो १ बजेपछि अस्पतालमा नभेटिने गरेको गुनासो अधिकांश बिरामी र उनीहरुका आफन्तले गर्ने गरेका छन् । नियमअनुसार उनीहरू साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैका लागि सरकारले १५० प्रतिशतसम्म अतिरिक्त तलब पनि दिने गरेको छ ।

 

एक कर्मचारीका अनुसार डाक्टरहरू बिहान ९ बजे डिजिटल हाजिर गरेपछि दिउँसोको खाजा खाने समय बाहिर निस्कन्छन् र ५ बजे आएर हाजिर गर्छन् । कोही चाहिं बिहान ९ बजे हाजिर गरेपछि एकैचोटि बेलुकी ५ बजे हाजिर गर्न आइपुग्छन् । अझ केही त बिहान हाजिर गरेपछि बेलुकी हाजिर गर्न पनि फर्किंंदैनन् ।

 

यस्ता डाक्टरमध्ये केही चाहिँ दिनभर नै अस्पताल वरिपरीकै निजी स्वास्थ्य संस्थामा व्यस्त रहने गरेको स्रोतले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयबाट लिखित इजाजत लिएर मात्रै बाहिर काम गर्न सकिने कानुनी व्यवस्था भए पनि वीरका केही डाक्टरले यसको पालना नगरेको स्वास्थ्य मन्त्रालयका एक पदाधिकारी बताउँछन् । साउन दोस्रो साता वीरको एक सय २९ औं वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समेत यहाँका वरिष्ठ चिकित्सकले समय नदिने गरेको गुनासो पोखेका थिए ।

 

‘बिहान ढिलो आउने अनि दिउँसो चाँडै जाने, हाजिर गरेर निजी क्लिनिक, स्वास्थ्य संस्थामा धाउने यहाँको वर्षौंदेखिको समस्या हो,’ अस्पतालकै एक वरिष्ठ चिकित्सक भन्छन्, ‘अस्पताल त एमडीरएमएसरडीएमरएमसीएचलगायतका रेजिडेन्टको भरमा चलिरहेको छ ।’ डाक्टरको भाग्ने प्रवृत्तिले रेजिडेन्टहरूको पढाइ र बिरामीको सेवा प्रभावित भएको छ । अस्पतालले तलब बराबरको रकम शिक्षण भत्ताका रूपमा दिने गरेको छ । अझ २ देखि ५ बजेसम्म बसेबापत तलबको थप ५० प्रतिशत भत्ता दिइन्छ । ‘दुई बजेपछि करीब आधाभन्दा बढी जनशक्ति बेपत्ता हुन्छ,’ एक वरिष्ठ कर्मचारी भन्छन् ।

 

वीरमा कर्मचारीको इलेक्ट्रोनिक हाजिर सम्बन्धमा देखिएका कमी–कमजोरी सुधार गर्न भन्दै समितिसमेत गठन गरिएको थियो । ७ सदस्यीय समितिले तीन महिनाको हाजिर अध्ययन गरेर १६ महिनाअघि लिखित प्रतिवेदन दिएको थियो । जसमा सम्बन्धित विभागका प्रमुखलाई हाजिरी, काम र उपस्थिति नियमित भएरनभएको अनुगमन गर्न सुझाइएको थियो । ‘तर हामीले बुझाएको प्रतिवेदनअनुसार काम भएको छैन,’ डा।

मनेनप्रसाद गोर्खालीले भने । वीरका निर्देशक डा। भूपेन्द्र बस्नेत शिक्षण कार्यमा संलग्नलाई तलबको १५० प्रतिशत र कर्मचारीलाई ५० प्रतिशत अतिरिक्त भत्ता दिने गरिएको बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...