विराट मेडिकल कलेजमा डाक्टरको लापरवाहीले सुत्केरीको ज्यान गयो, अस्पताल तनाबग्रस्त



हाम्रो इकोनोमि

 

मोरङमा डाक्टरको लापरबाहिका कारण एक गर्भवती महिलाको ज्यान गएको छ । बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा डाक्टरको लापरवाहिले इटहरी १३ खनारकी २५ वर्षिय गर्भवती महिला सगिरा खातुनको ज्यान गएको हो ।

 

डाक्टरका लापरबाहीका कारण गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तहरु लगायतले नाराबाजी गर्दै अस्पताल घेराउ गरी अस्पतालको मुल गेट नै बन्द गराएका छन् ।

 

एक हप्ता अघि अस्पतालमा आएकी महिलाको बुधबार राती नै मृत्यु भएतापनि डाक्टरहरुले बिहिबार मात्रै खबर गरेपछि उनीहरुले अस्पतालमै नाराबाजी गरेका हुन् । मृतकका आफन्तले अस्पताल घेराउ गर्दा स्थिति तनावग्रस्त बनेको छ ।

 

यसअघि पनि पटक–पटक विराट मेडिकल कलेज टिचिङ अस्पतालले धेरै मानिस मारिसकेको भन्दै मृतकका परिवारले यस पटक कुनै मिलापत्र नगर्ने बताएका छन् । उनीहरुले अस्पताल नै बन्द गराउने चेतावनी समेत दिएका छन् ।

 

मृतक महिलाको काका ससुरा समिम अख्तरका अनुसार, सगिरा खातुनलाइ उच्च रक्तचापको समस्या भएको थियो । ‘डेलीभरी गराउने समय २ महिना बाँकी हुँदा डाक्टरहरुले अपरेशन गराएपछि मृत्यु भएको हो’ उनले भने ।

 

महिलाका आफन्तले चिकित्सकको लापरबाहिले महिलाको मृत्यु भएको भन्दै आन्दोलन सुरु गरेका हुन् । उनीहरुले बिहीबार बिहानदेखि अस्पतालमा धर्ना दिएका छन् ।

 

स्थिति तनावग्रस्त भएपछि अस्पतालमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

उता अस्पताल प्रशासनले भने महिलालाइ भेन्टिलेटरमा राख्नुपर्छ भन्दा आफ्न्तहरुले नै नमानेपछि मृत्यु भएको जिकिर गरेको छ । प्रशासनका अनुसार बच्चा भेन्टिलेटरमा सुरक्षित रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...