खानेपानी मन्त्री बीना मगरले खानेपानीमा सबै नागरिकलाई निःशुल्क व्यवस्था हुने बताउनुभएको छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५ मा रहेको बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानी गुणस्तर सुधार आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री मगरले नागरिकलाई निःशुल्क खानेपानीको व्यवस्था गरिने