हत्या गरेर पानी सर्किँदा ज्यान गएको भनेपछि यसरी कोच्चिए खोरमा



हाम्रो इकोनोमि

 

कृष्णाष्टमीको ब्रत लिएकी एक महिलाको पानी पिउने क्रममा सर्किएर मृत्यु भएको छ। राजविराज नगरपालिका-३ स्थित कल्टु दासको पोखरी पूर्व बसोबास गर्ने २२ वर्षीया शिलादेवी  साफीको पानी सर्किएर मृत्यु भएको उनका श्रीमान् मनोज साफीले बताए।

अचेत भएकी साफीलाई राजविराजस्थित अञ्चल अस्पतालले रेफर गरेपछि उनलाई तत्कालै बिराटनगरस्थित लाइफगार्ड अस्पताल पठाइएको थियो। अस्पताल पुग्न नपाउँदै उनको बाटोमा मृत्यु भएको परिवारका सदस्यले बताए।

भारत बिहार महादेवमण्ठकी शिलासँग मनोजको डेढ वर्ष अघि मात्र विवाह भएको थियो। मृतकका फूपूका छोरा हनुमाननगर कंकालिनी नगरपालिका-१ का राजकुमार रजकले हत्याको आशंमा जिल्ला प्रहरी कार्यालयमा आवश्यक छानबिनका लागि माग गर्दै सोमबार उजुरी दिएका छन्।

रजकका अनुसार विवाहको ६ महिनामै कुटपिट गरेर घरनिकाला गरेपछि माइतमा बस्दै आएकी शिला पाँच दिन अघि मात्र घर फर्केकी थिइन्। शव पोष्टमार्टमका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...