कर्मचारी दरबन्दी खोसिएपछि खलबलियो स्वास्थ्यको संरचना, कर्मचारी कामविहीन



हाम्रो इकोनोमि

 

 

 

संघीय संरचनाअनुसार नै स्वास्थ्य संरचना लागू भएपछि संरचनामै खलबल देखिएको छ ।

संघीय संरचनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत साउनदेखि लागू भएको नयाँ संरचनामा परिमार्जन हुने भएको छ । नयाँ संरचनामा जाँदा केही समस्या देखिएपछि मन्त्रालयले त्यसलाई परिमार्जन गर्ने तयारी गरेको जनाइएको छ ।

गत साउन १ गतेबाट नयाँ संरचना लागू गरे पनि कर्मचारीको दरवन्दीमा समस्या उत्पन्न भएपछि मन्त्रालयले संरचना परिवर्तन गर्न पहल थालेको हो । यसअघि मन्त्रालयमा पटक–पटक छलफल गरी नयाँ संरचना पारित भएको थियो । छलफलमा निर्णय भएअनुसार संरचना नबनाइएको आरोप कर्मचारीहरूको छ ।

नयाँ संरचनामा स्वास्थ्य मन्त्रालयका ११ औं तहका ८ जना तथा अधिकृत र अन्य कर्मचारी कामविहीन छन् । स्वास्थ्यको नयाँ संरचना कार्यान्वयन गर्दा जनतालाई आधारभूत स्वास्थ्य सेवा दिन कठिनाइ हुने भन्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रालयमा आन्तरिक छलफल गरेका थिए ।

संविधानले स्वास्थ्यलाई मौलिक हकमा समेटेको छ । नयाँ संरचनाले जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन कठिनाइ हुने मन्त्रालयकै कर्मचारीहरू बताउँन् । नयाँ संरचनामा विवाद देखिएपछि मन्त्रालयले संरचना पुनरावलोकनका लागि समिति नै बनाएको छ । मन्त्रालयले जनसंख्या व्यवस्थापन तथा स्वास्थ्य समन्वय प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको छ ।

संघीय संरचनामा मन्त्रालय अन्तर्गतका महाशाखा, विभाग, केन्द्र लगायतका संगठन संरचनाको पुनरावलोकन गरी परिमार्जन आवश्यक भएमा राय पेश गर्न उक्त समितिलाई जिम्मेवारी दिइएको छ । संघीयाता अनुसार लागु भएको संरचना अपूर्ण देखिएको समितिका संयोजक डा. प्याकुरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...