कर्मचारी दरबन्दी खोसिएपछि खलबलियो स्वास्थ्यको संरचना, कर्मचारी कामविहीन



हाम्रो इकोनोमि

 

 

 

संघीय संरचनाअनुसार नै स्वास्थ्य संरचना लागू भएपछि संरचनामै खलबल देखिएको छ ।

संघीय संरचनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत साउनदेखि लागू भएको नयाँ संरचनामा परिमार्जन हुने भएको छ । नयाँ संरचनामा जाँदा केही समस्या देखिएपछि मन्त्रालयले त्यसलाई परिमार्जन गर्ने तयारी गरेको जनाइएको छ ।

गत साउन १ गतेबाट नयाँ संरचना लागू गरे पनि कर्मचारीको दरवन्दीमा समस्या उत्पन्न भएपछि मन्त्रालयले संरचना परिवर्तन गर्न पहल थालेको हो । यसअघि मन्त्रालयमा पटक–पटक छलफल गरी नयाँ संरचना पारित भएको थियो । छलफलमा निर्णय भएअनुसार संरचना नबनाइएको आरोप कर्मचारीहरूको छ ।

नयाँ संरचनामा स्वास्थ्य मन्त्रालयका ११ औं तहका ८ जना तथा अधिकृत र अन्य कर्मचारी कामविहीन छन् । स्वास्थ्यको नयाँ संरचना कार्यान्वयन गर्दा जनतालाई आधारभूत स्वास्थ्य सेवा दिन कठिनाइ हुने भन्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रालयमा आन्तरिक छलफल गरेका थिए ।

संविधानले स्वास्थ्यलाई मौलिक हकमा समेटेको छ । नयाँ संरचनाले जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन कठिनाइ हुने मन्त्रालयकै कर्मचारीहरू बताउँन् । नयाँ संरचनामा विवाद देखिएपछि मन्त्रालयले संरचना पुनरावलोकनका लागि समिति नै बनाएको छ । मन्त्रालयले जनसंख्या व्यवस्थापन तथा स्वास्थ्य समन्वय प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको छ ।

संघीय संरचनामा मन्त्रालय अन्तर्गतका महाशाखा, विभाग, केन्द्र लगायतका संगठन संरचनाको पुनरावलोकन गरी परिमार्जन आवश्यक भएमा राय पेश गर्न उक्त समितिलाई जिम्मेवारी दिइएको छ । संघीयाता अनुसार लागु भएको संरचना अपूर्ण देखिएको समितिका संयोजक डा. प्याकुरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...