खड्गबहादुर विश्वकर्मालाई छोड्न सर्बोच्चको तेस्रो आदेश



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतले तेस्रो पटक विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बिना शर्त रिहा गर्न आदेश सुनाएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलाशले अदालतको आदेश कार्यान्वयन गर्ने दायित्व भएको निकायबाट बारम्बार आदेशलाई असम्मान गरेको भन्दै नुवाकोट जिल्ला अदालतको रोहोबरमा छाड्न भनेको छ।

सर्वाेच्चले यसरी छाडेको जानकारी सर्वोच्चलाई गराउन समेत भनेको छ। मुद्दाको अनुसन्धान गरी प्रयाप्त आधार र कारण तथा प्रमाण भए कानुन बमोजिम मुद्दा चलाउन कानुनले रोक नलगाएको भन्दै सर्वोच्चल उनलाई रिहा गर्न भनेको हो।

पटकपटक पक्राउ विरुन्द बन्दीको आदेश अदालतबाट जारी हुने तर प्रहरीले पक्राउ गर्ने कार्य गर्दै उल्लंघन गरेकाले उनलाई थुनामुक्त गर्न सर्वोच्चले भनेको छ।

सर्वाेच्चले नेपाल प्रहरीलाई मुलुकी संहितामा भएका व्यवस्थाहरुको समेत ख्याल गर्न दोस्रो पटक ध्यानाकर्षण गराएको छ। यसअघि पनि सर्वोच्चले बिना जानकारी र अभियोग नभई पक्राउ गर्न नपाउने लगायतका मुलुकी संहिताको व्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएको थियो।

भदौ १ गते सर्वाेच्च अदालत परिसरबाट दोस्रोपटक उनलाई गिरफ्तार गरिएको थियो। काभ्रे सदरमुकामस्थित क्रसरमा आगजनी गरेको अभियोगमा धुलिखेल प्रहरीले उनलाई पुनः हिरासतमा लिएको थियो।

गत महिना बेलकोटगढीमा स्काभेटर आगजनी गरेको आरोपमा उनलाई फरार प्रतिवादी बनाई प्रहरीले मुद्दा दायर गरेको थियो। सोही मुद्दामा अदालत उपस्थित गराइएको दाबी जिल्ला प्रहरी कार्यालय नुवाकोटले गरेको छ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...