टेलिकमको मोबाइलमा देशभर समस्या, टेलिकम भन्छ- समस्या पत्ता लगाउने प्रयास भइरहेको छ



हाम्रो इकोनोमि

 

नेपाल टेलिकमको मोबाइलमा समस्या आएको छ । टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको हो । मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् ।

मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् । यद्यपि, ल्यान्डलाइन भने पूर्ववत रुपमा सञ्चालन भइरहेको छ ।

नेपाल टेलिकमले मंगलबार बिहान ६ बजेदेखि प्रि-पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या भएको जनाएको छ । मोबाइल नेटवर्कमा खराबी आए पनि त्यसको पहिचान हुन नसकेको उसको भनाइ छ ।

मोबाइल फोन अवरुद्ध भएसँगै प्राविधिकहरु खटिएकाले छिट्टै समस्या समाधान हुने जानकारी टेलिकमले दिएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...