दुई बालिका बलात्कार गर्न खोज्‍ने पक्राउ



हाम्रो इकोनोमि

धनगढी उपमहानगरपालिका–६, जालीमा दुर्इ बालिकालाई बलात्कार गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

आईतबार १३ र १४ वर्षका दुई वालिका बलात्कार गर्न खोज्ने २२ वर्षीय अनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। स्थानीयको सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज प्रहरी निरीक्षक वकिलबहादुर सिंहको कमाण्डमा गएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले नुहाउन गएका ती वालिकाहरु माथि चौधरीले बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए।

अपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले शुरु गरेको टोलटोलमा प्रहरी अभियान अन्र्तगत दुई दिन अघि मात्र सोही ठाउँमा स्थानीयसँग छलफल गरेको थियो । चौधरी पनि सोही छलफलमा उपस्थित थिए। घट्ना लगत्तै स्थानीयले प्रहरीलाई खबर गर्नुको छलफलकै फाईदा भएको वलीले सुनाए।

किशोरी बलात्कारका अर्का आरोपी पक्राउ

कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ की १६ बर्षीया एक किशोरी बलात्कारमा संलग्न अभियुक्त मध्येका अर्का एक पक्राउ परेका छन्।

गत बिहीबार राति बलात्कार भएको भनिएको उक्त घट्ना संलग्न मध्येका मान बहादुर बिष्ट यस अघि नै पक्राउ परेका थिए भने प्रहरीले आइतबार जनक खड्कालाई पक्राउ परेको जानकारी दिएको छ।

कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्ण ओझाले यि दुई जनाले बालिका बलात्कृत गरेको जाहेरी परेको बताए । उनले मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अगाडी बढिसकेको जानकारी दिए । प्रहरीका अनुसार विवाह गर्छु भन्दै बालिकालाई घर बाहिर बोलाएर मोटरसाईकलमा लगी बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...