समाचार

कर्मचारी सरुवाले रौतहटका स्थानीय तह अस्तव्यस्त

  अहिले देश कोरोना महामारीसंग जुध्दैछ, देशमा आंशिक रुपमा भएपनि रौतहटमा पूर्ण लकडाउन छ, आर्थिक वर्षको अन्तिम मसान्त भएकोले कामको अत्यधिक चटारो छ । खासगरी स्थानीय तहले एकातिर प्रतिकुल परिस्थितिको सामना गर्दै अत्यावश्यक दैनिक प्रशासनिक कार्य अगाडि बढाउनुपर्ने बाध्यता छ